भारतको गुजरात राज्यमा भूकम्प

बिएल संवाददाता

नयाँदिल्ली

भारतको गुजरात राज्यमा भूकम्प गएको छ। आइतबार साँझ ८ बजे ५.५ रेक्टर स्केलको भूकम्पको गएको हाे।

भूकम्पको केन्द्र गुजरातकै कच्छको वौंध गाउँमा हाे । भूकम्पपछि क्षति विवरण भने आइसकेकाे छैन।

यसअघि ६ जूनमा उत्तर गुजरातमा ४.८ रेक्टर स्केलको भूकम्पको झड्का महसुस गरिएको थियो भने १९ वर्ष पहिले अर्थात सन् २००१ जनवरी २६ मा गुजरातमा ७.७ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको थियो ।

त्यसबेला १३ हजारभन्दा बढी मानिसको ज्यान गएको थियो। 

प्रकाशित मिति: : 2020-06-15 05:48:31

प्रतिकृया दिनुहोस्