चीनमा कोरोना भाइरसबाट संक्रमितहरु फेरि एकाएक बढेका छन् ।
सरकारी अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार नयाँ ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आएको भनिएपनि अहिले पहिलो पटक एकै पटक धेरै जना संक्रमित भेटिएका हुन् । राजधानी बेइजिङमा अहिलेसम्मकै धेरै संक्रमित एकैपटक देखिएको उनीहरुको भनाई छ ।
चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार ५७ जना पूर्ण रुपमा संक्रमित भएका छन् भने अरु नौ जना संक्रमणको पुर्वअवस्थामा रहेका छन् ।
संक्रमितमध्ये ३८ जना आन्तरिक रुपमा सरेर संक्रमित भएको पाइएको आयोगका अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुले अरु १०३ जनालाई पनि शंकास्पद मानेर क्वारेन्टाइनमा राखिएको बताएका छन् ।
आन्तरिक रुपमा सरेर संक्रमित ३८ जना मध्ये ३६ जना बेइजिङका रहेका छन् भने अरु दुई जना लिओनिङ प्रान्तका रहेका छन् ।
पछिल्ला केही दिनमा बेइजिङमा मात्रै ४६ जना संक्रमित भेटिएका छन् । यसलाई सरकारी अधिकारीहरुले आश्चर्यजनक मानेका छन् ।