बुटवल उपमहानगरपालिकाले देशभर बढेको हत्याहिंसा, विभेद र ज्यादतीविरुद्ध सबैलाई एक हुन आग्रह गरेको छ।
लैगिंक हिंसामुक्त बुटवल नगर समन्वय समितिका संयोजकसमेत रहेका उपप्रमुख गुमादेवी आचार्यले हिंसाविरुद्ध गरिएका साझा संकल्पलाई व्यावहारिक बनाउनुपर्नेमा जोड दिए।
लैगिंक हिंसामुक्त बुटवल नगर समन्वय समितिले हिंसाविरुद्धको रणनीतिक कार्ययोजना सार्वजनिक गरिसकेको छ भने अहिले त्यसैलाई व्यावहारिक बनाउने काममा जुटेको छ।
हिंसाका घटनाले समाजलाई फेरि अर्को अन्धकारतिर धकेल्ने कोशिस भइरहेको आशंका बढाएको बताउँदै उनले भने, 'यस्ता जघन्य अपराध गर्ने सबैलाई कानूनी कारवाहीको दायरामा ल्याइने र पीडितलाई न्यायको अनूभुति दिलाउनुपर्छ।'