व्यवसायीहरुले असार १ अर्थात् भोलीदेखि काठमाडौंमा रहेका सपिङ मलहरु खोल्ने निर्णय गरेका छन्।
सरकारले अन्य पसलहरु सञ्चालन गर्न दिने तर सपिङमलहरु सञ्चालन गर्न नदिने गरी गरेको निर्णयको विरोध गर्दै कोभिड १९ बाट बच्न न्यूनतम स्वास्थ्य सुरक्षा सतर्कता अपनाई मलहरु खोल्ने निर्णय गरेका हुन्।
आर बी कम्प्लेक्स व्यापार संघ, पिपुल्स प्लाजा व्यापार संघ, विशालबजार, शिभिल मल, वर्ल्ड ट्रेड सेन्टर लगायतका मलहरु सञ्चालन गर्ने तयारी व्यवसायीहरुले गरेका छन्।
भाइरस सक्रमण रोकथामका निम्ति लकडाउन लम्बिँदै जाँदा घरभाडा, बैंकको ब्याजदर तथा राज्यलाई कर समेत तिर्न नसक्ने अवस्था आएकाले व्यवसाय खोल्नुको विकल्प नभएको व्यवसायीको गुनासो छ। काममा फर्कनुपर्ने कुनै रहर नभई बाँच्नका लागि बाध्यता भएको व्यवसायीको भनाइ छ।
उनीहरुले सरकारले अन्य पसलहरु सञ्चालन गर्न दिने तर सपिङमलहरु सञ्चालन गर्न नदिने गरी गरेको निर्णयको विरोध गर्दै कोभिड १९ बाट बच्न न्यूनतम स्वास्थ्य सुरक्षा सतर्कता अपनाई मलहरु खोल्ने निर्णय गरेका हुन् ।
व्यवसाय सञ्चालन गर्दा अनिवार्य रुपमा मास्क लगाउने, स्यानिटाइजको प्रयोग गर्ने, ज्वरो नाप्ने व्यवस्था मिलाउने व्यवसायीको भनाइ छ।