ट्रम्प भन्छन्— हिंसात्मक प्रदर्शनले देशको प्रतिष्ठामा ठूलो चोट पुर्‍यायाे

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिंसात्मक प्रदर्शनले देशको प्रतिष्ठामा ठूलो चोट पुर्‍याएको बताएका छन्। मुलुकमा पछिल्लो २ हप्ताभित्र भएको 
 प्रदर्शनमा निकै मानिसहरु मरेको बताउँदै यो निकै डरलाग्दो र अनुचित भएको उनले बताए। 

मे २५ मा मिनियापोलिसमा प्रहरी हिरासतमा अश्वेत नागरिक जर्ज फ्लोडको घाँटी थिचेर हत्या गरिएको भिडियो सार्वजनिक भएपछि देशव्यापी हिंसात्मक प्रदर्शन भएको थियो। 

राष्ट्रपति ट्रम्पले डरलाग्दो ढंगले हिंसात्मक गतिविधिमा उत्रिएका प्रदर्शकारीहरुको बढ्दो दबाबका कारण अमेरिकी प्रहरीको सुधारमा सहमति जनाइसकेका छन्। राष्ट्रपति ट्रम्पले डलासको एक बैठकलाई सम्बोधन गर्ने क्रममा भने, ‘हरेक बालबालिकाको हिंसा र डरमुक्त समाजमा बाँच्ने र बढ्ने अधिकार हुन्छ।’

पछिल्ला २ हप्ता अमेरिकाका लागि निकै खराब अवस्थाबाट गुज्रिएको बताउँदै उनले आफुले फेरि यस्तो हेर्न नचाहेको बताए।

उनले भने, ’कानुनी व्यवस्थालाई कायम राख्ने प्रक्रियामा केही व्यक्तिहरुले समस्या खडा गरिरहेका छन् र गर्न सक्छ। याे अवस्थामा सबै पुलिस अधिकारीहरुलाई नराम्रो दृष्टिकोणले प्रस्तुत गर्नु पनि अनुचित हो।’ ’ 

प्रकाशित मिति: : 2020-06-13 05:59:30

प्रतिकृया दिनुहोस्