शान्तिपूर्ण ढंगले प्रदर्शनमा उत्रिएका नागरिकमाथि दमन नगर: साझा पार्टी

साझा पार्टीले शान्तिपूर्ण ढंगले प्रदर्शनमा उत्रिएका नागरिकमाथि दमन नगर्न सरकारसँग आग्रह गरेको छ।

पार्टीले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण प्रदर्शनकारीहरूमाथि दमनको रणनीति अख्तियार गर्नु अत्यन्तै खेदजनक विषय भएको बताएको छ।
 
कोरोना रोकथाममा खर्च भएको भनिएको १० अर्ब रूपैयाँको विवरण सार्वजनिक गर्नुपर्ने, विश्वसनीय नतिजा नदिने आरडिटी परिक्षण बन्द गरी विश्वसनीय मानिने पीसीआर परिक्षणको दायरा बढाउनुपर्ने, क्वारेटाइन स्थलहरूको गतिलो व्यवस्थापन तथा अनियमिताको छानिवन गर्नुपर्ने सम्पूर्ण नेपालीको माग भएको भन्दै पार्टीले भनेको छ, ‘सम्पूर्ण नेपालीको त्यो आवाजलाई बेवास्ता गरेर सरकारले अझ धम्कीको भाषामा जरिवाना र जेलको चेतावनी दिँदै शान्तिपूर्ण प्रदर्शनकारीमाथि दमनको रणनीति अख्तियार गर्नु अत्यन्तै खेदजनक विषय हो।’

यस्तै पार्टीले यो पदर्शनमा आफ्नो पनि साथ भएको भन्दै संक्रमण फैलावटको जोखिमलाई ध्यानमा राखी प्रदर्शन स्थगनका लागि अपील गर्न आग्रह गरेको छ।

प्रकाशित मिति: : 2020-06-12 18:25:40

प्रतिकृया दिनुहोस्