रुसमा ५ लाख भन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
रुसमा एकै दिन ८ हजार ७७९ जनामा संक्रमण देखिएपछि ५ लाख २ हजार ४३६ जना संक्रमित भएका छन्।
पछिल्लो २४ घण्टामा १७४ जनाको मृत्यु भएपछि रुसमा ज्यान गुमाउनेको संख्या ६ हजार ५३२ पुगेको छ।
रुसमा २ लाख ३४ हजार ७५४ जनाको उपचार भइरहेको छ भने २ लाख ६१ हजार १५० जना संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सले जनाएको छ।