कर्णाली प्रदेश अस्पतालबाट थप ३१ संक्रमित डिस्चार्ज

सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालको, कोभिड-१९ विशेष अस्पतालबाट थप ३१ कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा अनुसार ३१ जनाको पछिल्लो अन्तिम परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो। 

डिस्चार्ज हुनेहरुमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका १४, चौकुने गाउँपलिकाका ४, बराहाताल गाउँपालिकाका ४, गुर्भाकोट नगरपालिकाका १, सिम्ता गाउँपालिकाका २ र स्थानीय तहको नाम नखुलेका २ जना रहेका छन्।

यस्तै, दैलेखका १, सल्यानका २, र बझाङका १ जना रहेका छन। प्रदेश अस्पतालबाट यसअघि सातजना संक्रमित निको भएर डिस्चार्ज भैसकेका छन्।

कर्णाली प्रदेशबाट हालसम्म ६० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

प्रकाशित मिति: : 2020-06-11 16:43:26

प्रतिकृया दिनुहोस्