कर्णालीमा थप ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण केन्द्रको प्रयोगशालमा भएको ७६३ जनाकाे परीक्षणमा ५५ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए।
उनका अनुसार थपिएका संक्रमितमध्ये दैलेखका ४८ जना, सुर्खेतका ६ जना र काठमाडौंका १ जना रहेका छन्।
दैलेखको डुंगेश्वर पाउँपालिका वडा नं. १, ३, ४, ५ र ६ का ६ महिनाको शिशुसहित ३९ जना रहेका छन्। त्यसमध्ये चारजना महिला र ३५ जना पुरुष रहेका छन। दैलेखका ९ जना संक्रमित पुरुषको स्थानीय तहको नाम भने खुलेको छैन।
त्यस्तै सुर्खेतको चिङ्गाड गाउँपलिका वडा नं. १, २ र ४ का ६ जना पुरुष रहेका छन्।
एकजना काठमाडौंको बुढानीलकण्ठ नगरपालिका २ घर भए हाल चिङ्गाड-५ बस्दै आएका एकजना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।
कर्णालीका संक्रमित मध्ये ३ जनाको मृत्यु भएको छ।