राजस्थान सरकारले बुधवार राज्यको सीमानामा आवतजावतमा कडा बनाउन आदेश जारी गर्यो। कोरोनाको संक्रमण फैलिने भन्दै संभावित जोखिमबाट बच्न सरकारले उक्त निर्देशतन दिएको थियो। केही समयपछि सञ्चार माध्यमहरुले यो न्यूज भाइरल बनाए।
त्यसको प्रभाव पर्यो सामाजिक संञ्जालमा। सामाजिक सञ्जालमा हल्ला फैलियो कि राज्यमा कर्फ्यू लगाइनेछ। यसपछि गुट्खा खानेहरुले सामाजिक दूरी बिर्सिए र पसलहरूमा भीड जम्मा भयो। कर्फ्यूको हल्लाले सबै पसलहरूमा भीड थियो। खरिदकर्ताहरुको थामिनसक्नु भिड देखेर पसलहरूले पनि कालो बजारी सुरु गरे।
धेरै जिल्लाहरु १ प्याकेट गुट्खाको मूल्य १३० रुपैयाँ समेत तिर्न थाले यसपछि कालोबजारी सुरु भयो। त्यसपछि व्यापारीले एक प्याकेट गुट्खाको मूल्य २५०,३५० र ४५० सम्म लिन थाले,त्यति गर्दा नि भिड साम्य भए। केही व्यापारीले त मध्य दिनमै दिउँसो पसल बन्द भएको सूचना समेत टाँसे। कतिले भने बेलुकाको साढे चारबजे गुट्खा सकिएको जानकारी दिए।
जिल्लाका धेरै गाउँ र गल्लीहरुमा गुट्खा पसलहरू भीड यति धेरै थिए कि प्रहरी पसलहरू बन्द गर्नुपर्यो।
स्थानिय व्यापारीहरुका अनुसार अन्य दिनमा दैनिक ३२ कराेडकाे गुट्खा व्यापार हुन्थ्याे तर बुधबार करिव १०२ कराेडकाे व्यापार भयाे।