बैंककबाट प्राथमिक्तामा परेका नेपालीहरुमध्ये २६० जना पहिलो उडानमा असार ३ गते काठमाडौं ल्याइने भएकाे छ।
थाइल्यान्डस्थित नेपाली दूतावासले सूचीमा परेका २६० जनालाई जेठ ३२ गतेभित्र टिकट लिइसक्न सूचना जारी गरेको छ।
बैंककबाट काठमाडौं आउनेहरुले हवाई टिकटको रकम आफैले बेहर्नुपर्ने छ। नेपाल फर्किदा प्रतिव्यक्ति ३९० डलर अर्थात ४७ हजार ३०० रुपैयाँ तिर्नुपर्ने छ।
यस्तै तोकेको समयमा टिकट नलिनेको टिकट प्रतीक्षा सूचीमा रहेकालाई प्राथमिकता दिइने दूतावासले जनाएको छ। प्रतीक्षा सूचीमा २६ जना रहेका छन्।
यसैगरी उक्त उडानमा आउनेले सात दिनभित्रको पीसीआर परीक्षणमा कोरोना नभएको प्रमाण अनिवार्य साथमा लानुपर्ने दूतावासले जनाएको छ।
यात्रुले क्वारेन्टाइनमा लाग्ने र होटलमा लाग्ने खर्चसमेत आफैले तिर्नुपर्नेछ।
दूतावासकाे सूचना
को को छन् सूचीमा?