कोहलपुरका तीन जनामा कोरोना संक्रमण पुष्टि

बाँकेको कोहलपुर नगरपालिकामा पहिलो पटक तीन जनामा कोरोना संक्रमण देखिएको छ। योसँगै जिल्लाका ८ वटै पालिकामा कोरोना संक्रमण भेटिएका छन्। 

बुधबार कोहलपुर नगरपालिका १२ चप्परगौंडीको ज्ञानज्योती माविको क्वारेन्टाइनमा रहेका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको भेरी अस्पताल नेपालगन्जले जनाएको छ। उनीहरू सबै भारतबाट आएका हुन्। १८ देखि २२ वर्ष उमेर समूहका ३ जना पुरुषमा कोरोना संक्रमण देखिएको अस्पतालले जानकारी दिएको छ।  

उनीहरुलाई गत जेठ ८ गते भारतबाट नेपाल ल्याएर वागेश्वरी क्याम्पसमा रहेको क्वारेन्टाइनमा राखिएको थियो। जेठ १२ कोहलपुर १२ चप्परगौंडीको ज्ञानज्योती मावि क्वारेन्टाइनमा सारिएका ब्यक्तिहरुलाई पीसीआर परीक्षण गर्दा ३ जनामा कोरोना संक्रमण देखिएको हो।

कोरोना संक्रमण पुष्टि भएसँगै तीनै जनालाई आइसोलेसन सेन्टरमा लगिएको कोहलपुर नगरपालिकाका नगर स्वास्थ्य शाखा प्रमुख डिल्ली पोखरेलले जानकारी दिए। पोखरेलका अनुसार उनीहरुलाई कोहलपुर ८ पिपिरीमा रहेको आइसोलेन सेन्टरमा राखिएको छ। कोहलपुरमा १७ वटा क्वारेन्टाइनमा ६ सय बढि नागरिक छन्। 

प्रकाशित मिति: : 2020-06-10 18:19:18

प्रतिकृया दिनुहोस्