कोरोनाबाट मुम्बईमा शिवसेनाका नेता आमगांवकरको मृत्यु

बिएल संवाददाता

मुम्बई, हिन्दी ब्यूराे

कोरोना भाइरस (कोभिड–१९) को फैलावट मुम्बईमा दिन प्रतिदिन बढिरहेको छ।

यसैबीच मीरा भायन्दर महानगरपालिका शिवसेना नगरसेवक हरिश्चंद्र आमगांवकरको कोरोना भाइरसका कारण मृत्यु भएको छ।

उनको एक निजी अस्पतालमा उपचारका क्रंममा मृत्यु भएको शिवसेना मीरा भायन्दर शाखा प्रमुख राजेन्द्र थलारीले जानकारी दिए।

५५ बर्षीय नगरसेवक आमगांवकरको दुई सातादेखि उपचार भइरहेको थियो। कोरोनाको लक्षण देखिन थालेपछि उनलाई ठाणेको निजी अस्पतालमा भर्ना गरिएको थियो। उपचाररत आमगांवकरको मृत्यु भएको हो।

उनको मृत्युले मीरा भायन्दर शहरमा डरको वातावरण सिर्जना गरेको छ। मृतक नगरसेवक आमगांवकरकी श्रीमती र आमालाई पनि कोरोनरी संक्रमण भएको र अहिले उपचार भैरहेको छ।
 

प्रकाशित मिति: : 2020-06-10 15:56:16

प्रतिकृया दिनुहोस्