भारतमा काेराेनाबाट मृत्यु हुनेको संख्या ७७ सय नाघ्याे, संक्रमित दुई लाख ७६ हजार बढी

बिएल संवाददाता

नयाँदिल्ली

भारतमा काेभिड–१९ बाट मृत्यु हुनेको संख्या ७ हजार ७ सय नाघेको छ। 

अहिलेसम्म भारतमा कोभिड–१९ को कारण सात हजार ७४५ जनाको मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा कोभिड–१९ बाट २७९ जनाको मृत्यु भएको हो।

त्यस्तै भारतमा कोरोना भाइरसबाट संक्रमित हुने मानिसको संख्या दुई लाख ७६ हजार ५८३ पुगेको छ। भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ९ हजार ९८५ नयाँ संक्रमित थपिएका हुन्।

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म ९० हजार ७८७ संक्रमित फेला परेका छन् भने ३ हजार २८९ जनाको मृत्यु भइसकेको छ।

त्यस्तै तामिलनाडुमा अहिलेसम्म ३४ हजार ९१४ संक्रमित फेला परेका छन् भने यो अहिलेसम्म २८६ जनाको मृत्यु भइसकेको छ। दिल्लीमा २१ हजार ३०९ जना संक्रमित भेटिँदा ९०५ जनाको मृत्यु भइसकेको छ। गुजरातमा २१ हजार १४ संक्रमित फेला पर्दा १३१३ जनाको मृत्यु भइसकेको छ।

त्यस्तै उत्तर प्रदेशमा अहिलेसम्म ११ हजार ३३५ संक्रमित फेला परेका छन्। यहाँ  ३०१ जनाको मृत्यु भएको छ। पश्चिम बंगालमा आठ हजार ९८५ संक्रमित भेटिएका छन् भने ४१५ जनाको मृत्यु भइसकेको छ। बिहारमा पाँच हजार ४५९ संक्रमित फेला पर्दा ३२ जनाको मृत्यु भइसकेको छ।

अहिलेसम्म भारतमा कोरोना भाइरसका एक लाख ३५ हजार २०६ संक्रमित निको भएर घर फर्किसकेका छन्।

प्रकाशित मिति: : 2020-06-10 12:09:29

प्रतिकृया दिनुहोस्