एम्बुलेन्समा भारततर्फ लैजाँदै गरेको ५६ केजी गाँजासहित ३ जना पक्राउ

जिल्ला प्रहरी कार्यलय पर्साले गएराति ५६ केजी लागु‌औषध गाँजासहित ३ जनालाई पक्राउ गरेको छ । 

सिमरामा रहेको अलपाइन हस्पिटलको नाममा दर्ता रहेको ना ६ च ८५९९ नम्बरको एम्बुलेन्समा भारततर्फ लैजाँदै गरेको गाँजा प्रहरीको टोलीले डकैला बहुवरीबाट मंगलबार राति बरामद गरेको हो।

क्राइम टोलीका ईन्चार्ज प्रहरी निरीक्षक रवीभुषन यादवको नेतृत्वमा गएको टोलीले गाँजासहित एम्बुलेन्स चालक लालबन्दी निवासी जितबहादुर वाईवा र त्यसमा सवार दिलबहादुर वाईवा र बहुदरामाई नगरपालिका भौराटार निवासी हरिशंकर महतोलाई पक्राउ गरेको छ । 

उनीहरुले ३ नम्बर पुल मकवानपुरबाट सो एम्बुलेन्समा गाँजा लोड गरेको प्रहरीले जनाएको छ। 

प्रहरी उपरिक्षक गंगा पन्तले एम्बुलेन्स जस्तो सम्बेदनशिल सवारीमा लागुऔषध ओसारपसारले सिगो सार्वजनिक सेवालाई नै अफट्यारोमा परेको बताइन् । 

‘लकडाउको बेला अति आवश्यक सधान मध्ये एम्बुलेन्स सेवालाई राज्यले २४ घण्टा आवाजावतमा बिना रोकटोक सञ्चानलनमा छुट दिएको बेला यस्तो घृणित कार्यले सिंगो स्वास्थ्य सेवालाई बदनाम गरेको छ,’ उनले भनिन् । सो विषयमा थप जानकारीका भइरहेको एसपी पन्तले बताइन् ।
 

प्रकाशित मिति: : 2020-06-10 08:24:36

प्रतिकृया दिनुहोस्