प्रधानमन्त्री ओलीले आज संसदलाई सम्बाेधन गर्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले आज बुधबार संसदलाई सम्बोधन गर्ने भएका छन्।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेका काम, संसदमा पेश गरिएको बजेट लगायतको विषयमा उनले बोल्ने बताइएको छ।

प्रधानमन्त्री ओलीले आज बिहान ११ बजे संसदलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। त्यसपछि मन्त्रिपरिषद् बैठक बस्ने छ। 

आज दुई बजे बस्ने मन्त्रिपरिषद् बैठकले लकडाउन ढाँचाको टुंगो लगाउने एक मन्त्रीले बताए। 

यसअघि सीसीएमसीले १० चरणमा गरी लकडाउन खोल्न उच्चस्तरीय समितिलाई प्रस्ताव पेश गरेको थियो।

कोरोना भाइरस नियन्त्रणका लागि सरकारले लकडाउन जारी गरेको आगामी असार ११ गते तीन महिना पुग्दैछ।

प्रकाशित मिति: : 2020-06-10 05:48:12

प्रतिकृया दिनुहोस्