२६ जिल्लाका गरिब घर परिवारलाई परिचय पत्र वितरण गर्न शुरु गरिसक्याैं: मन्त्री अर्याल

बिएल संवाददाता

काठमाडाै‌ं

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले २६ जिल्लाको गरिब घर परिवार सर्भेक्षण गरी परिचय पत्र वितरण गर्ने कार्य शुरु गरेको जानकारी दिएकी छन्।

सोमबार मन्त्रालयको विनियोजन विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै मन्त्री अर्यालले २३ जिल्लाको सर्वेक्षण तथ्य पहिचानको काम अन्तिम चरणमा पुगेको र  २८ जिल्लामा गरिब घर परिवार सर्वेक्षण गरी परिचय–पत्र वितरण गर्ने कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने गरी कार्यक्रम तर्जुमा भएको जानकारी दिएकी हुन्। 

उनले गरिब लक्षित कार्यक्रमहरु सञ्चालन गर्दा आफ्नो मन्त्रालयले छनोट गरेका गरिब घर परिवार र सो सम्बन्धी परिचय–पत्र प्राप्त परिवारहरुलाई प्राथमिकतामा राखी आगामि वर्ष कार्य सञ्चालन गर्ने व्यवस्था गरिएको जानकारी दिइन्।
 

प्रकाशित मिति: : 2020-06-08 15:21:27

प्रतिकृया दिनुहोस्