संसद्‍मा खानेपानी मन्त्री– मेलम्चीबारेका प्रश्न बिट मार्ने समय आयो, छिट्टै उद्घाटनको मिति! (भिडियो)

खानेपानी तथा सरसफाइ मन्त्री विना मगरले मेलम्ची खानेपानीको सन्दर्भमा २ दशकदेखि उठ्दै आएका प्रश्नको बिट मार्ने समय भएको बताएकी छन् । उनले मेलम्ची उद्घाटनका लागि छिट्टै मिति तोक्ने दाबी गरिन् । 

विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको सोमवार प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै मन्त्री मगरले चालू आर्थिक वर्षमा भौतिक काम सम्पन्न हुने र छिट्टै उद्घाटन हुने बताएकी हुन् ।

‘खानेपानीको कुरा गर्दा मेलम्चीमा आएर ठोक्किन्छ। वर्षौंवर्षदेखि सधैँ उठिरहने प्रश्न मेलम्ची खानेपानी आयोजना हो । आफ्नो प्रतिबद्धता जाहेर गरेका छौं । चालु आवमा भौतिक काम सम्पन्न हुने छ । मेलम्ची खानेपानीको सन्दर्भमा उठाइएका प्रश्नको बिट मार्ने बेला आएको छ,’ मन्त्री मगरले भनिन्, ‘विगतदेखि समयावधि तोकिँदै आएका थिए, २ दशकदेखिको आशा र निराशाको प्रश्न थियो, अब छिट्टै मेलम्ची उद्घाटनको तयारीमा छौं।’ 

त्यसअघि कांग्रेस सांसद सुजाता परियारले पुरक प्रश्न राख्दै पटक–पटक सम्पन्न गर्ने भनिएको मेलम्चीको पानी कहिलेसम्म आउँछ र काकाकुल बनेको काठमाडौंका जनताले खानेपानी पाउँछन् भनेर सोधेकी थिइन्। 

प्रकाशित मिति: : 2020-06-08 15:18:16

प्रतिकृया दिनुहोस्