दिल्लीका मुख्यमन्त्री केजरीवाललाई काेराेना संक्रमण भएकाे आशंका

बिएल संवाददाता

नयाँदिल्ली

नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल ‘सेल्फ आइसोलेसन’ मा बसेका छन्।

आइतबार दिउँसोबाट उनीको स्वास्थ्यमा समस्या आएपनछि सोमबारदेखि  ‘सेल्फ आइसोलेसन’मा बसेका हुन्।  

उनको स्वास्थ्य अवस्था थप बिग्रिएपछि कोभिड–१९ संक्रमणको आशंकामा पनि गरिएको छ।

स्रोतका अनुसार  उनलाई आइतबार दिउँसोदेखि नै ज्वरो र खोकीको समस्या थियो।  चिकित्सकको एउटा समूहले उनको स्वास्थ्यबारे निगरानी गरिरहेको छ। 

चिकित्सकले केजरीवाललाई सामान्य ज्वरो नभई कोभिड–१९ सँग सम्बन्धित ज्वरो आएको र उनमा खोकीको पनि समस्या रहेकाले कोरोना संक्रमण हुन सक्ने अनुमान गरेका छन्। 

कोरोनासँग मिल्दो लक्षण देखिएको भन्दै उनको मंगलबार कोभिड–१९ को संक्रमणसम्बन्धी परीक्षण हुनेछ।

दिल्ली सरकारले कोरोनाको लक्षण विनाका बिरामीलाई कोभिड–१९ भाइरसको परीक्षण गर्न रोक लगाएका कारण मुख्यमन्त्री केजरीवालको स्वास्थ्य परीक्षण पनि प्रभावित भएको छ।

प्रकाशित मिति: : 2020-06-08 15:02:44

प्रतिकृया दिनुहोस्