प्रधानमन्त्रीज्यू! १० अर्ब हरायो, सूचना जारी गरेर हिसाब खोजौँः अध्यक्ष राणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले कोभिड–१९ का लागि खर्च गरिएको १० अर्ब हराएको, ओम्नी घोटालामा कारवाही नभएको भन्दै प्रधानमन्त्री केपी ओलीको ध्यानाकर्षण गरेका छन्।

‘सरकारले कोभिड–१९ विरुद्ध १० अर्ब खर्च गरेको हो भने क्वारेन्टीन किन अस्तव्यस्त? नगरपालिका, गाउँपालिकालाई खर्च धान्न किन धौधौ? विदेशबाट फर्कनेहरू बिना परीक्षण किन घर पुगीरहेका छन्? खान नपाएर जनता किन बेहाल छन्?’ अध्यक्ष राणाले सोमबार ट्वीट गर्दै भने।

सरकारले कोभिड–१९ विरुद्ध १० अर्ब खर्च गरेको हो भने क्वारेन्टीन किन अस्तव्यस्त? नगरपालिका, गाउँपालिकालाई खर्च धान्न किन धौधौ? विदेशबाट फर्कनेहरू बिना परीक्षण किन घर पुगीरहेका छन्? खान नपाएर जनता किन बेहाल छन्? हेलो सरकार, त्यसैले १० अर्ब हराएको सूचना जारी गरौं, पाइपाइ खोजौं।

— Pashupati Shumshere (@PashupatiShams) June 8, 2020

यसै सन्दर्भमा उनले जोड दिँदै भने, ‘हेलो सरकार, त्यसैले १० अर्ब हराएको सूचना जारी गरौं, पाइपाइ खोजौं।’

कोरोना प्रकोप र भ्रष्टाचार विरुद्धको सरकारको नीति र प्राथमिकता सही भएन भन्ने राप्रपा अध्यक्ष राणाको टिप्पणी छ। सरकार पूर्ण अल्मलिएको भन्दै, यसमा रहस्य के हो भनेर उनले प्रधानमन्त्रीलाई प्रश्न गरेका छन्।

‘सरकारको नीतिले संक्रमण बढेन, मन्त्री, प्रधानमन्त्री, राष्ट्रपतिले यही रट लगाए । समय छँदा यस्तै आत्मप्रशंसामा रमाए। हाल संक्रमण ठाडो उकालो गतिमा छ । जनता बन्दाबन्दी तोड्दै छन् । चुनौतिको पहाड छ,’ उनले भने।

‘कम्तिमा ओम्नी घोटालामा कारवाही गरे हुने। तर राज के हो प्रधानमन्त्रीज्यू, सरकार पूर्ण अल्मलिएको छ,’ राणाले प्रश्न गरे।

प्रकाशित मिति: : 2020-06-08 12:46:16

प्रतिकृया दिनुहोस्