निम्न चापिय प्रणालीको प्रभावका कारण देशभरको मौसममा जारी बदलीमा सोमबारदेखि सुधार हुने देखिएको छ । आज देशभरका अधिकांश स्थानमाको मौसममा क्रमिक सुधार हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाको अनुसार दिनभर घाम लागेपनि मध्येदिन पछि भने बाग्मती, गण्डकी, सुदूर तथा कर्णाली प्रदेशका उच्च पाहाडि भेगमा हल्का बर्षा हुन सक्ने जनाइएको छ । केहि दिन देखिको मौसममा जारी बदली बुधबारदेखि भने पूर्ण रुपमा हट्ने समेत जानकारीमा उल्लेख छ ।