भारतका बिभिन्न शहरबाट गौरीफन्टा नाका भएर ६६ हजार भन्दा बढी नेपाली स्वदेश फर्किएका छन्।
जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार भारतका बिभिन्न शहरबाट धनगढीस्थित त्रिनगर भन्सार नाका भएर ६६ हजार ५ सय नेपाली नेपाली भित्रिएका हुन्।
जेठ ७ गतेबाट सरकारले अनुमति दिएपछि भारतका बिभिन्न शहरबाट नेपाल भित्रिने क्रम शुरु भएको थियो।
‘यो १८ दिनमा भित्रिएको नेपालीको संख्या हो’, जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बिएल नेपाली सेवासँग भने, ‘धनगढी भएर भित्रिनेमा ठूलो संख्यामा सुदूरपश्चिमका बासिन्दा रहेका छन्। यो नाका भएर ५५ जिल्लाका बासिन्दा नेपाल भित्रिएका हुन्।’
भारतबाट सबैभन्दा ठूलो संख्यामा कैलालीका बासिन्दा फर्किएका छन्। १८ दिनमा कैलालीका मात्र २० हजार ८ सय जना भारतबाट फर्किएका छन्।
यही अवधिमा डोटीका १० हजार ६ सय भित्रिएका छन्। त्यसैगरी कञ्चनपुरका ५ हजार ८ सय, अछामका ६ हजार ४ सय ५०, बाजुराका २ हजार ७ सय ५०, बाजुराका २ हजार ५ सय ५०, बैतडीका ४ हजार ७ सय ५०, दार्चुलाका ७ सय ५० र डडेल्धुराका ४ हजार ६ सय ५० व्यक्ति भारतका बिभिन्न शहरबाट फर्किएको सूचना अधिकारी जोशीले बताए ।
आईतबार मात्र भारतबाट ४ हजार १ सय ५० जना नेपाली त्रिनगर नाका भएर नेपाल प्रवेश गरेका थिए।