४५ दिनपछि जसपा निर्वाचन आयोगमा दर्ता, अध्यक्षमा महन्थ र उपेन्द्र, बाबुराम वरिष्ठ नेता

बिएल संवाददाता

काठमाडाै‌ं

जनता समाजवादी निर्वाचन आयोगमा दर्ता भएको छ। पार्टी एकता घोषणाको ४५ दिनपछि आज जनता समाजवादी पार्टी  निर्वाचन आयोगमा दर्ता भएको हाे। पार्टीको दर्ता नम्बर १३९२ भएको छ। 

सरकारले दल फुटाउन सहज हुने गरी बैशाख ८ गते राजनीति दल सम्बन्धी अध्यादेश ल्याएपछि समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टीबीच वैशाख १० गते पार्टी एकताको सहमति भएको थियो।  एकता भएपछि जनता समाजवादी पार्टी बनेको छ।

 पार्टीकाे केन्द्रीय कार्यसमिति अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहेका छन्। यस्तै, डा बाबुराम भट्टराई, राजेन्द्र महतो र अशोक राई वरिष्ठ नेताका रुपमा रहेका छन्।

केन्द्रीय सदस्यमा महेन्द्रराय यादव, शरदसिंह भण्डारी, अनिल झा, राजकिशोर यादवलगायत रहेको छन्। 

प्रकाशित मिति: : 2020-06-07 20:10:33

प्रतिकृया दिनुहोस्