स्वास्थ्य मन्त्रालयका प्रवक्ताबाट डा देवकोटा हटाइए

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ताबाट डा विकास देवकोटालाई हटाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले देवकोटाको स्थानमा डा जागेश्वर गौतमलाई नयाँ प्रवक्ताको रूपमा नियुक्त गरेका छन्।

देवकोटालाई मन्त्रालयको गुणस्तर मापन महाशाखाको जिम्मेवारी दिइएको छ।  

यसअघि परोपकार प्रशूति तथा स्त्रीरोग अस्पतालमा रहेका डा गौतमलाई समन्वय महाशाखासहित प्रवक्ताको जिम्मेवारी दिइएको हो।

प्रकाशित मिति: : 2020-06-07 16:03:26

प्रतिकृया दिनुहोस्