समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपाल राजपाबीच एकता भई बनेको जनता समाजवादी पार्टीले तीन अध्यक्ष रहने गरी दल दर्ता गर्ने भएको छ।
निर्वाचन आयोगमा दल दर्ताका लागि समय सकिन लाग्दा समाजवादी र राजपाका शीर्ष नेताहरू तीन अध्यक्ष राखेर दल दर्ता गर्नेगरि तयारीमा लागेका हुन्।
समाजवादीका नेता गंगा श्रेष्ठका अनुसार दल दर्ताका लागि आजै निर्वाचन आयोगमा जानेबारे छलफल भइरहेको छ।
राजपाका महन्थ ठाकुर, समाजवादीबाट बाबुराम भट्टराई र उपेन्द्र यादवलाई अध्यक्ष बनाएर जनता समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता गर्ने तयारीमा पार्टी रहेको छ।
पार्टीमा पदाधिकारी संख्या सानो बनाएर जाने विषयमासमेत छलफल भइरहेको छ।
गत वैशाख १० मा समाजवादी र राजपा मिलेर जनता समाजवादी दल बनाउने गरी एकीकरण घोषणा गरे पनि निर्वाचन आयोगमा दल दर्ता भइसकेको छैन। दल दर्ताका लागि निवेदन दिएको ४५ दिनमा दुई पार्टीका शीर्ष नेता छलफलमा जुटेका हुन्।