सोमबार राति कमलादीस्थित होटल गगौंरबाट पक्राउ परेका जुवाडेमाथिको अनुसन्धान सकेर प्रहरीले रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ।
प्रहरीले बुझाएको प्रतिवेदनमा ८ जनालाई नै तीन महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना गराउन माग गरिएको छ।
मुलुकी अपराध संहिताको जुवा सम्बन्धी कसूरमा पहिलो पटक जुवा खेल्ने व्यक्तिलाई यो कारबाहीको व्यवस्था गरिएको छ।
क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस) मा उनीहरु यसअघि जुवा सम्बन्धी कसूरमा कारबाहीमा नपरेको देखिएकाले यो दफा प्रयोग गरिएको हो।
सोमबार राति महानगरीय प्रहरी वृत्त, दरबारमार्गका डीएसपी रञ्जन दाहालको नेतृत्वमा गएको टोलीले काठमाडौं कमलादीस्थित होटलमा जुवा खेलिरहेको अवस्थामा ९ जना व्यापारीलाई पक्राउ गरेकाे थियाे।
पक्राउ पर्नेहरूमा एनआईसी एसिया बैंकका सञ्चालक रामचन्द्र संघाई र विशाल ग्रुपका संचालकद्वय विमल खेतान र विमल अउजा,लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी) का संचालक अशोककुमार अग्रवाल र कपडा ब्यापारी पुरुषोत्तम घिराइया पनि रहेका छन्।
यस्तै चिया उद्योगीको भेषमा हुन्डीको कारोबार गर्दै आएका गोविन्दराम सरिया, सुरेशकुमार अग्रवाल, नन्दकिशोर शर्मा र होटल सञ्चालक भारतीय नागरिक मिक्की जोगाई पनि पक्राउ परेका छन्। उनीहरुको साथबाट २ लाख ७७ हजार रुपैयाँ बरामद भएको थियो भने जुवा खेल्न प्रयोग भएको एक सय ७९ वटा सिक्का पनि बरामद भएको थियो।
मंगलबार जिल्ला प्रशासन कार्यालय, काठमाडौंले उनीहरूलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो। तर प्रहरीले कोरोना भाइरसको कारण देखाउँदै मंगलबारै उनीहरुलाई हाजिरी जमानीमा छाड्न खोजेको थियो।
तर, सरकारी वकिलले नमानेपछि प्रहरीले उनीहरुलाई हिरासतमै राखेको थियो।
‘भीआईपी’ जुवा खाल : ७ जुवाडेमाथि अनुसन्धान गर्न ५ दिन म्याद थप
जुवाको खालबाट एनआइसी बैंक र एलआईसीका संचालकसहित ७ ब्यापारी पक्राउ