रौतहटमा दुई महिलासहित थप ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरका अनुसार जिल्लाको ईशनाथ नगरपालीकामा ४६, गुजरा नगरपालिकामा ८, फटुवा विजयपुरमा–१ चन्द्रपुरमा १ माधवनारायणमा १,गढीमाईमा ७ र दुर्गाभगवती गाउपालिकामा १ जनामा कोरोना पुष्टि भएको हाे।
रौतहटमा पछिल्लो समय सक्रमण देखिएकाहरु सबै भारतबाट फर्केका कामदार हुन्।
रौतहटमा अहिलेसम्म ३ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।