जिल्ला प्रशासन कार्यालय, काठमाडौंले उपत्यकाका लागि जारी गरेको पास अब नवीकरण गर्नु नपर्ने भएको छ। जिल्ला प्रशासन कार्यलयले मंगलबार सूचना जारी गर्दै यसअघि जेठ २० सम्मका लागि जारी पास लकडाउनभर मान्य हुने जानकारी दिएको हो।
त्यस्तै काठमाडौं प्रशासनले अत्यावाश्यक सेवामा खटिनेहरुका लागि जारी भएका पास पनि नवीकरण गर्न नपर्ने जनाएको छ। यसअघि त्यस्ता पास सात दिनको म्यादपछि नवीकरण गर्नुपर्ने व्यवस्था रहेको थियो। तर अब नवीकरण गरिरहनु नपर्ने भएको छ।
त्यस्तै सवारी पासका लागि कार्यलय बाहिर सेवाग्राहीको भीडभाड बढ्न गई संक्रमण हुन सक्ने भएकाले यहि जेठ २१ बाट सवारी पासका लागि निवेदन र प्रमाण खुल्ने कागजात इमेलमा पठाउन र पास तयार भएको जानकारीपछि मात्र कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ।