काठमाडौंको कमलादीस्थित एक होटेलबाट चर्चित व्यापारीहरुलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ। सोमबार साँझ कमलादीस्थित गगौंर बुटिक होटेलबाट बैंक सन्चालक र प्रतिष्ठित व्यापारीक समूहका सदस्यहरूलाई पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा एनआईसी एसिया बैंकका सञ्चालक रामचन्द्र संघाई,विशाल ग्रुपका संचालकद्वय विमल खेतान र विमल अउजा रहेका छन्।
यस्तै अशोककुमार अग्रवाल पनि पक्राउ परेका छन्। उनी लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी) का संचालक हुन्।
यता व्यापारी सुरेशकुमार अग्रवाल, पुरुषोत्तम घिराइया अग्रवाल, गोविन्दराम सरिया, नन्दकिशोर शर्मा र होटल सञ्चालक भारतीय नागरिक मिक्की जोगाईलाई पनि पक्राउ गरिएको छ।
पुरुषोत्तम घिराइया कपडा ब्यापारी हुन्। गोविन्दराम सरिया झापाको चिया उद्योगीको भेषमा हुन्डीको कारोबार गर्दै आएका छन्।
प्रहरीले उनीहरुको साथबाट दुई लाख ७७ हजार सात सय २० रुपैयाँ नगद र एक सय ७९ वटा चिप्स पनि बरामद गरेको छ।