धनुषा जिल्लाको जटहीनाकामा मृत्यु भएका युवकमा कोरोनाको सङ्क्रमण नदेखिएको पाइएको छ । युवकको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए।
चार महिनाअघि रोजगारी गर्न भारतको गुजरात गएका धनुषा जिल्ला शहीदनगर नगरपालिका-९ का ३० वर्षीय वीरेन्द्र गुरमैता (यादव) को घर आउने क्रममा यही जेठ १४ गते बुधबार जटहीनाकामा मृत्यु भएको थियो ।
उनका सहकर्मीका अनुसार घर आउने क्रममा यादव भोकै ६ दिनसम्म पैदल हिँड्दै घर फर्किरहँदा भोकले बेहोस भइ सो स्थानमा मृत्यु भएको थियो । यसैबीच शहीदनगर नगरपालिकाले किरियाखर्चका लागि मृतकका परिवारलाई एक लाख रकम दिने निर्णय गरेको जनाइएको छ ।