कैलालीमा थप २ र दार्चुलामा एक जनामा देखियाे कोरोना

कैलाली थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निरीक्षक हेमरान जोशीका अनुसार जानकी गाउँपालिकाको सरस्वती मावि क्वारेन्टाइनमा रहेका थप दुई जनामा कोरोना भाइरसको सक्रमण पुष्टि भएको हो।

बिहीबार सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। यसअघि सोही क्वारेन्टाइनका ४ जनाको पोजिटिभ आएको थियो।

जेठको पहिलो साता भारतबाट आएका १६ जनाको समूहमा ६ जनामा कोरोना पोजिटिभ देखिएको हो। अन्य १० जनाको नेगेटिभ रिपोर्ट आएको छ।

त्यस्तै दार्चुलामा पनि पहिलो पटक कोरोना भाइरसको संक्रमण देखिएको छ। दार्चुलाको महाकाली नगरपालिकाका एक जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य निरीक्षक जोशीले जानकारी दिए। 

संक्रमित व्यक्तिलाई दार्चुला अस्पताल लगिएको जोशीले जानकारी दिए।

प्रकाशित मिति: : 2020-05-28 12:23:34

प्रतिकृया दिनुहोस्