पत्रकारले सवारीसाधन चलाउन छुट्टै पास लिन नपर्ने

जिल्ला प्रशासन कार्यालय, पर्साले पत्रकारको सवारी पासको सम्बन्धमा सूचना विभागबाट जारी परिचय पत्र अथवा संचार संस्थाबाट उपलब्ध गराइएको परिचयपत्रको आधारमा मान्यता दिइने भएकोले यसको लागि छुट्टै पास लिइरहन आवश्यक नपर्ने जनाएको छ। 

अहिले जिल्ला प्रशासनले सवारी चालकको पास वितरणमा रोक लगाएको छ। सोहि कुराको अवगत गराउँदै पत्रकारको लागि सवारी पास सम्बन्धमा बिहिबार विज्ञप्ति जारी गरेर जनाएको हो। 

पर्सामा कोरोना भाइरसको संक्रमण व्यापक बन्दै गएपछि संक्रमण अरूतीर फैलन नदिन तथा यसको रोकथाम, नियन्त्रण र प्रतिकार्यलाई  प्रभावकारी बनाउन अति आवश्यक अवस्थामा बाहेक अन्य अवस्थामा पास वितरण बन्द गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले बताए। 

'राज्यको चौथौ अंगको रूपमा रहेको पत्रकार जगतको हकमा भने सूचना विभागबाट जारी परिचय पत्र भएमा त्यसैलाई मान्यता दिइने भएकोले यसको लागि छुट्टै पास लिइरहन आवश्यक नपर्ने र अन्यको हकमा पनि समाचार संकलन, सम्प्रेषणको काममा हिँडेको अवस्थामा सम्बन्धित संचार संस्थाबाट उपलब्ध गराइएको परिचयपत्रको आधारमा काम गर्न दिइने र कुनै बाधा अवरोध हुँदैन,' विज्ञप्तिमा उल्लेख छ।

पत्रकारलाई कुनै कठिनाइ भएमा जिल्ला प्रशासन कार्यालय वा जिल्ला प्रहरी कार्यालयमा सम्पर्क राख्नसमेत विज्ञप्ति मार्फत अनुरोध गरिएको छ।

 

प्रकाशित मिति: : 2020-05-21 15:17:47

प्रतिकृया दिनुहोस्