काेराेना परीक्षण गर्दा सबैलाई पैसा लाग्दैन: मन्त्रालय

बिएल संवाददाता

काठमाडाै‌ं

नेपालमा कोरोना भाइरस संक्रमणको लक्षण नदेखिएकाले पनि अब पीसीआर तथा आरडीटीबाट जाँच गराउन पाउने भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित प्रेस ब्रिफिङका क्रममा सशुल्क परीक्ष गर्न पाउने जानकारी दिएका हुन्। 

सरकारले निजी अस्पतालले शुल्क लिएर कोरोनाको आरडीटी विधिमार्फत परीक्षण गर्न पाउने व्यवस्था गरेको छ। तर अस्थायी निर्देशिका पनि जारी गरेपनि कति शुल्क लिन पाउने भन्ने उल्लेख गरेको छैन्।

परीक्षणको लागि काठमाडौं उपत्यकाका अस्पतालले स्वास्थ्य सेवा विभागबाट र बाहिरका अस्पतालले प्रदेश स्वास्थ्य निर्देशनालयबाट अनुमति लिनुपर्ने निर्देशिकामा उल्लेख छ।

निजी अस्पतालले २० प्रतिशत नाफा लिएर आरडीटी परीक्षण गर्न पाउने छन। आरडीटीमा पोजेटिभ देखियो भने पीसीआर परीक्षणको लागि सिफारिस गर्नुपर्ने उल्लेख छ।

तर कति शुल्क लिएर पीसीआर परीक्षण गर्ने भन्नेबारे आमनागरिकले आलोचना गरिरहेका छन्। आलोचना बढ्नुको मुल कारण अर्को हो विभिन्न समाचार माध्यममा स्रोतको हवाला दिँदै १५ हजार रुपैयाँ शुल्क लिने समाचार। तर मन्त्रालयले यस्तो समाचारको खण्डन गरेको छ। मन्त्रालयका प्रवक्ता देवकोटाले छिट्टै कार्यविधि बनाएर शुल्क तोक्ने बताएका छन्। उनले कार्यविधि बनेपनि परीक्षणको शुल्क सबैलाई नलाग्ने बताए।

सबैलाई शुल्क लिने कुरा गलत हो। जसले आवश्यक नपर्ने भए पनि आफू ढुक्क हुनलाई परीक्षण गर्न चाहनुहुन्छ भने त्यस्ता व्यक्तिलाई शुल्क लिने भनेको हो,’ उनले बुधबारको नियमित पत्रकार सम्मेलनमा भने, ‘तर बाहिर सबैलाई शुल्क लाग्ने भनेर गलत प्रचार भयो।’

उनले लक्षण नभएका र संक्रमित व्यक्ति वा ठाउँको सम्पर्कमा नपुगेकाहरूलाई मात्र शुल्क लिन खोजिएको बताए।

उनले शुल्क लिएर पीसीआर परीक्षण गर्दा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले तोकेको मापदण्ड लागू हुने बताए। यसमा थप काम अघि नबढेको भन्दै एउटा छुट्टै निर्देशिका आवश्यक रहेको उनले मंगलबार बताएका थिए।

यता आई.सी.एस‍. कोर्डिनेटर डा. गुणराज लोहनीले  यसअघि पनि सरकारले निजी अस्पतालहरूलाई शुल्क लिएर आरडिटी परीक्षण गर्ने अनुमति दिएको  तर पीसीआर परीक्षण गर्नलाई निजी अस्पतालहरूलाई अनुमति नदिइसकेको बताए।

प्रकाशित मिति: : 2020-05-20 16:56:19

प्रतिकृया दिनुहोस्