नेपालमा थप २५ काेराेना संक्रमित फेला

बिएल संवाददाता

काठमाडाै‌ं

नेपालमा कोरोना संक्रमित आज २५ जना नयाँ थपिएसँगै ४२७ पुगेको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटाले दिएको जानकारी अनुसार कपिलबस्तुमा १३ जना, बाँकेमा ६ जना, धनकुटामा ५ जना र कपिलबस्तुमा १ जना थपिएका हुन्।

संक्रमित हुनेमा ३ देखि ४८ वर्ष समूहका रहेका छन्। उनीहरू चिकित्सकको निगरानीमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

यसअघि नेपालमा मंगलबार एकैदिन २७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

धनकुटामा थप ५ जनामा कोरोना संक्रमण

धनकुटाका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार साँझ गरिएको परीक्षणका क्रममा थप ५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

संक्रमितमा एक महिला र चार पुरुष रहेका छन्। ३४ वर्षकी महिलासहित २८, २९, ३५ र ३७ वर्षीय पुरुषमा संक्रमण पाइएको हो।

यो सँगै धनकुटामा कोरोना संक्रमितको संख्या ६ पुगेको छ।

जेठ ४ गते धनकुटा अस्पतालमा कार्यरत एक जना नर्समा कोरोना संक्रमण पुष्टी भएको थियो। त्यस पछि अस्पताल क्षेत्र सहित बजारका केही क्षेत्र लाई शिल गरी गरीएको अस्तपालमा कार्यरत स्वाथ्यकर्मी र कर्मचारी गरी ८३ जनाको स्वाव संकलन गरी परिक्षण गर्दा रिर्पोट आएका ६५ मध्ये ५ जनामा कोरोना संक्रमण देखिएको हो।

संक्रमित भनिएकी नर्स र अन्य संक्रमितहरुको लकडाउन अवधीभर कुनै यात्रा विवरण नभएकोले संक्रमण कहाँ र कसरी सर्‍यो भनेर भन्ने अवस्था नरहेको जिल्ला अस्पतालका धनकुटाका प्रमुख डा. पुजन विश्वकर्माले जानकारी दिए।

अहिले जिल्ला अस्पताल लाई शिल गरीएको छ भने बजार क्षेत्रमा समेत हिडडुल गर्न कडाई गरिएको छ।

बाँकेमा थप ६ जनामा संक्रमण

बाँकेमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेको नरैनापुर गाउँपालिकामा ५ र खजुरा गाउँपालिकामा १ जना संक्रमित भेटिएका हुन् ।

नरैनापुर–५ मा १७, २०, २८, ३० र ४० वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ, त्यसैगरी खजुरा गाउँपालिकाका २७ वर्षका पुरुषमा पनि संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

कपिलबस्तुमा १३ थपिए

कपिलवस्तु बालबालिका र महिलासहित १३ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बुधबार रुपन्देहीको भैरहवास्थित प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तुका थप १३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। 

कोरोना संक्रमितको स्थायी र हाल उनीहरु रहेको ठेगाना अनुसार कन्ट्याक्ट ट्रेसिङको काम सुरु गरिसकिएको उनले बताए।

थप ८ जना डिस्चार्ज

उदयपुरको भुल्के मस्जिदमा फेला परेका पहिलो संक्रमितमध्ये आठ जना कोरोना भाइरस (कोभिड–१९) लाई जितेर बुधबार डिस्चार्ज भएका छन्।

गत वैशाख पहिलो साता संक्रमित पुष्टि भएपछि विराटनगरस्थित कोरोना विशेष अस्पतालमा उपचारत त्रियुगा नगरपालिका–३ भुल्केका १६ जमातिसहित ३२ संक्रमितमध्ये पाँच भारतीय र तीन भुल्केका स्थानीय निको भएर डिस्चार्ज भएका हुन् ।

एक महिना लामो उपचारपछि कोरोनालाई पछारेर घर फर्कन सफल हुनेमा भुल्केका ४६ वर्षीय मोहम्मद इन्द्रिस, ४० वर्षीय मोहम्मद सनौला र २८ वर्षीय मोहम्मद साविर छन्। डिस्चार्ज हुने भारतीय जमातिमा ६६ वर्षीय बृद्ध मुस्तकिनदेखि २२ वर्षीय र १८ वर्षीय युवाहरु क्रमशः सलमान खान र गुड्डु आलम रहेका छन् । 

उनीहरुमध्ये मुस्तकिन वैशाख ५ गते पहिलो संक्रमितमध्येका एक हुन् भने दुवै युवा वैशाख ९ गते संक्रमित पुष्टि भएर उपचारार्थ थिए। उनीहरुसँगै कोरोना अस्पतालबाट निको भएर डिस्चार्ज हुनेको संख्या ४५ जना पुगेको छ। योसहित उदयपुरका संक्रमित ३३ मध्ये निको भएर फर्कनेको संख्या २३ पुगेको छ। बाँकी १० जनाको पनि दोस्रो रिपोर्ट आउने क्रममा रहेको बताइएको छ।

कहाँ कति संक्रमित

 

जिल्ला

संक्रमित

मृत्यु

डिस्चार्ज

बाँके

९९

पर्सा

९१

कपिलवस्तु

५९

उदयपुर

३३

२३

रुपन्देही

२८

रौतहट

२२

झापा

१२

काठमाडौं

१२

धनुषा

धनकुटा

सर्लाही

बारा

दाङ

कैलाली

मोरङ

भक्तपुर

चितवन

महोत्तरी

बागलुङ

 

 

 

 

बर्दिया

धादिङ

मकवानपुर

नवलपरासी पूर्व

नवलपरासी पश्चिम

सुनसरी

भोजपुर

दैलेख

गुल्मी

कञ्चनपुर

काभ्रेपलाञ्चोक

खोटाङ

ललितपुर

लमजुङ

रामेछाप

सप्तरी

सिन्धुली

सिन्धुपाल्चोक

 

सिराहा

जम्मा

४२७

४५

 

प्रकाशित मिति: : 2020-05-20 16:27:52

प्रतिकृया दिनुहोस्