पत्रकारको परिचयपत्र बाेकेर चाेरी, दुई जना पक्राउ

बिएल संवाददाता

काठमाडाै‌ं

लकडाउनको मौका छोपर होस्टलका सामान चोरी गर्ने दुईजना काठमाडौंबाट पक्राउ परेका छन् । 

सुनसरी ईटहरी उपमहानगरपालिका १४ घर भई काठमाडौंको धुम्बाराही बस्ने २१ वर्षीय आश्रय रिजाल हिमाल र बारा बड्की फुलबारी गाउँपालिका ३ घर भइ काठमाडौं ओमबहाल बस्ने २८ वर्षीय अलि आलम मिया पक्राउ परेको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ । 

उनीहरुले सिनामंगलको आरेर ५१ ब्याएज होस्टलबाट ४ थान ल्यापटप र भत्केको पुलबाट ल्यापटप र आइप्याड चोरी गरेका थिए।

उनीहरुको साथबाट ल्यापटप, आइप्याड, ५३ हजार रुपैयाँ नगर, ३ सय अमेरिकी डलर र धारिलो हतियार बरामद गरेको प्रहरीले जनाएको छ ।

उनीहरुले एक टेलिभिजनको प्रेस कार्ड देखाएर उम्कन खोजेका तर उक्त परिचयपत्र नक्कली रहेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: : 2020-05-20 13:50:55

प्रतिकृया दिनुहोस्