क्याम्ब्रिज विश्वविद्यालयले आउँदो शैक्षिक शत्रबाट अनलाइन कक्षा सञ्चालन गर्ने

विश्वको प्रतिष्ठित क्याम्ब्रिज विश्वविद्यालयले आउँदो शैक्षिक शत्रका कुनै पनि कक्षाहरु प्राध्यापक–विद्यार्थीको प्रत्यक्ष उपस्थितिमा सञ्चालन नगर्ने जनाएको छ। कोभिड–१९ को महामारीका कारण विश्वविद्यालयका क्याम्पसहरु यो शत्र बन्द रहने छन्।

कोरोना भाइरसको महामारीका कारण सावधानी स्वरुप शैक्षिक शत्र २०२०–२१ का सबै कक्षाहरु अनलाइन मार्फत हुने विश्वविद्यालयले घोषणा गरेको छ।

प्राध्यापकहरु सन् २०२१ को ग्रीष्मदेखि मात्रै प्रत्यक्ष रुपमा कक्षामा उपस्थित हुने छन्। सामाजिक दूरीका सम्बन्धमा बेलायत सरकारबाट हाल जारी भएको सुझाव परिवर्तन भएमा निर्णयमा पुनर्विचार हुने क्याम्ब्रिज विश्वविद्यालयले जनाएको छ।

विश्वविद्यालयलका सबै अध्ययन अध्यापन गएको मार्च मै अनलाइन मार्फत हुन थालेको थियो। विश्वविद्यालयले सबै परीक्षाहरु अनलाईन मार्फत नै लिएको थियो।

प्राध्यापकहरु अनलाइनमा उपलब्ध हुने र सामाजिक दूरीका आधारभूत नियमहरु पूरा भएमा सानो समूहमा विद्यार्थीहरुका लागि प्राध्यापक प्रत्यक्ष रुपमै उपलब्ध हुन सक्ने सम्भावना भने रहेको विश्वविद्यालयले जनाएको छ।

क्याम्ब्रिज जस्तै म्यानचेस्टर विश्वविद्यालयले पनि आउँदो शत्रमा अनलाइनबाटै कक्षा हुने जनाएको छ। सबै कक्षा अनलाइन मार्फत हुने भएपछि शूल्क पनि परिवर्तन हुन सक्ने विश्वविद्यालयले जनाएको छ।

प्रकाशित मिति: : 2020-05-20 09:02:38

प्रतिकृया दिनुहोस्