रोल्पा अस्पतालको आइसोलेशनमा रहेका एक युवकको ज्यान गएको छ।
रोल्पा नगरपालिका–१ एका २२ वर्षका ती युवकको सोमबार दिउँसो मृत्यु भएको हो।
रोल्पा अस्पतालका प्रमुख डा. धनमाया घर्तीका अनुसार काठमाडौंमा मृगौलाको डायलसिस गराइरहेका उनी आइतबार बेलुकी मात्रै रोल्पा पुगेर आइसोलेशनमा बसेका थिए।
ज्यान गुमाएका युवकको नमुना संकलन गरी परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ पठाइएको डा. घर्तीले जानकारी दिए।