जिल्लास्थित नरैनापुर गाउँपालिकालाई कोरोनाको उच्च जोखिम क्षेत्र ‘रेड जोन’ घोषणा गरिएको छ। सोमबार राती आकस्मिक रूपमा बसेको जिल्ला सुरक्षा समितिले गाउँपालिकालाई ‘रेड जोन’ घोषणा गरेको हो।
समितिको बैठकले गाउँपालिकाका ६ वटामा पूर्णरूपमा आवागमनमा रोक लगाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ।
यहाँ ५५ जना कोरोना संक्रमित भेटिएका छन्। एक जनाको आइतबार मृत्यु भइसकेको छ।
उच्च जोखिमलाई मध्यनजर गर्दै गाउँपालिका क्षेत्रलाई अर्को सूचना जारी नहुञ्जेलसम्म शिल गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
यो सूचनाको कसैले बखर्खिलाप गर्ने वा गराउने गरेको पाइए कानुन अनुसार बारबाही हुने समेत बताइएको छ।
आइतबार नरैनापुरका एक युवक क्वारेन्टाइन मै कोरोना कारण मृत्युु भएको थियो। यस अघि यहाँका ८ जनामा कोरोना पुष्टि भएको थियो। सोमबार मात्रै ४७ जनामा कोरोना पाेजिटिभ देखिएको छ। यससँगै बाँकेमा कोरोना संक्रमितको संख्या ८१ जना पुगेको छ। बाँकेको नेपालगञ्जमा समेत २५ जनामा कोरोना संक्रमण भेटिएको छ।