गुल्मीका ४१ वर्षिय कोरोना संक्रमितलाई आइसियुमा राखेर उपचार भइरहेको छ। गुल्मीमा मदाने गाउँपालिका निवासी ४१ वर्षीय पुरूषमा सोमबार कोरोना भाइरसको संक्रमण देखिएको थियो।
सोमबार भैरहवामा रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षणमा उनमा संक्रमण देखिएको हो।
दमका रोगीसमेत रहेका उनी शिक्षक समेत हुन्। १ जेठमा रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित क्रिमसन अस्पतालमा उपचार गराउन गएका थिए। स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि २ जेठमा उनको स्वाब संकलन गरेर प्रयोगशालामा पठाएको जनस्वाथ्य कार्यालयका भेक्टर कन्ट्रोलर केदारनाथ शाहले जानकारी दिए।
उनको स्वास्थ्य अवस्था बिग्रिंदै गएपछि अस्पतालले सघन उपचार कक्षमा राखेर उपचार गरिरहेको छ ।
उनको स्वाथ्य अवस्था गम्भीर रहेको अस्पतालका चिकित्सकहरुले बताएका छन् ।
उनमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल सिल गर्ने तयारी भइरहेको छ। उनी केही दिनअघि बिरामी भएपछि एम्बुलेन्स मार्फत गुल्मीबाट रूपन्देहीमा उपचारका लागि आएका थिए।