रौतहटका ८ र बाराका  १ जनामा कोरोना पुष्टि, नेपालमा ३०४ पुगे संक्रमित

बिएल संवाददाता

काठमाडाै‌ं

नेपालमा थप नौ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा सोमबार बिहान थप नौ जनामा सङ्क्रमण पुष्टि भएसँगै नेपालमा कोभिड-१९ बाट सङ्क्रमित हुनेको सङ्ख्या ३०४ पुगेको छ।

सोमबार बिहान अद्यावधिक गरिएको तथ्याङ्कका अनुसार सङ्रक्रमित मध्य आठ जना रौतहटका हुन्। ती मध्य सात जना पुरुष र एक जना महिला छन्।

नयाँ थपिएका संक्रमितमा रौटहटको इसनाथ नगरपालिका २, ३, ६ र ९ निवासी २१, २१, २३, २५, २३, २९ र ३० वर्षीय पुरुष छन्।

त्यस्तै रौतहटकै माधवनारायण नगरपालिका ३ का २८ वर्षीया महिला र बाराको कैलैया उपमहानगरपालिका ५ निवासी ३८ वर्षीया महिलालाई पनि संक्रमण पुष्टि भएको सोमबार बिहान ८ : ४५ बजे डा.अधिकारीले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ।

उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ।

यसअघि आइतवार पनि रौतहटमा १० जना नयाँ सङ्क्रमित फेला परेका ‍थिए।

मन्त्रालयका अनुसार नयाँ सङ्क्रमित रौतहट ईशनाथ नगरकालिकाका सात जना र माधवनारायण नगरपालिकाका एक जना र बारा करैयामाइका एकजना छन्। रौतहटको ईशनाथ नगरपालिकाका प्रमुखले भारतबाट आएकाहरूमा आइतबार सङ्क्रमण पुष्टि भएको जनाएका थिए।

नगर प्रमुख सन्तोष कुमार मेहताका अनुसार उनीहरू दिल्लीबाट आएका थिए।

प्रकाशित मिति: : 2020-05-18 09:12:08

प्रतिकृया दिनुहोस्