महाराष्ट्र सरकारले लकडाउन दुई साता बढायो

भारतमा कोरोना भाइरसको संक्रमण पछिल्लो दिन तिब्र गतिमा बढिरहेको छ।  हालसम्म भारतमा कोरोना संक्रमतिको संख्या ९१ हजार बढी पुगेका छन् भने झण्डै २९ सय मानिसले ज्यान गुमाइसकेका छन्।

यसैबीच कोरोनाको जोखिम बढ्दै गएपछि महाराष्ट्र राज्य सरकारले लकडाउन दुई साता थपेको छ। सरकारले कोरोना प्रभावित क्षेत्रहरुमा लकडाउनलाई आगामी मे ३१ सम्मका लागि लम्ब्याएको हो।

महाराष्ट्र भारतको कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राज्य हो। आइतबार अपराह्नसम्म महाराष्ट्रमा ३० हजारभन्दा बढी मानिसहरु कोरोनाबाट संक्रमित भइसकेका छन् भने ११ सयभन्दा बढीको मृत्यु भएको छ।

महाराष्ट्रका मुम्बई, पुणे लगायत शहरमा केन्द्रीय सुरक्षा बलको तैनाथी बढाइएको छ।

प्रकाशित मिति: : 2020-05-17 15:33:02

प्रतिकृया दिनुहोस्