कोरोना महामारीबाट थप मानवीय क्षति हुन नदिन सरकार लागिपर्छ: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारीबाट थप मानवीय क्षति हुन नदिन सरकार लागिपर्ने बताएका छन्। 

सिन्धुपाल्चोककी एक सुत्केरी महिलाको कोरोना संक्रमणबाट मृत्यु भएपछि प्रधानमन्त्री ओलीले आइबार एक ट्विट गर्दै भने ‘यस महामारीबाट अरू मानवीय क्षति रोक्न सरकारले जारी प्रयासलाई थप सशक्त बनाउने छ।’

उनले कोरोनाको संक्रमणबाट कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने सरकारको प्रयासका बावजुद सुत्केरी महिलाको मृत्युको खबरलेआफू अत्यन्त दुखित भएको समेत बताए। 

‘कोरोनाको संक्रमणबाट कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने सरकारको प्रयासका बावजुद सिन्धुपाल्चोक निवासी सुत्केरी महिलाको मृत्युको खबरले मलाई अत्यन्त दुःखी तुल्याएको छ।  मृतकप्रति भावपूर्ण श्रद्धाञ्जलि र शोकाकुल परिवारजनमा गहिरो समवेदना ब्यक्त गर्दछु’, प्रधानमन्त्रीले भनेका छन्। 

प्रकाशित मिति: : 2020-05-17 11:48:21

प्रतिकृया दिनुहोस्