काठमाडौं महानगरपालिकाका सबै कर्मचारीको रिपोर्ट नेगेटिभ

बिएल संवाददाता

काठमाडाै‌ं

काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभाग मातहत रहेका ९ सय ३२ जना कर्मचारी सबैको रिपोर्ट नेगेटिभ आएको छ।

शुक्रबार ६ सय ६४ जनाको आरडीटी र २ सय ६८ जनाको पीसीआर बिधिबाट कोरोना भाइरस परीक्षण गरिएको थियो।

आरडीटीपरीक्षण गरिएकोमा तीन जना महिला स्वास्थ्य स्वयंसेविकासहित १६ जना पुरुष र १५ जना महिला गरी ३१ जनामा पोजेटिभ नतिजा देखिएको थियो। त्यसपछि उनीहरुको पनि पीसीआर गरिएको थियो।

उनीहरु बाहेक २ सय ७० जनाको पीसीआर परीक्षण गरिएको थियो। पीसीआर गरिएका सबैको नजिता नेगेटिभ आएको काठमाडौं महानगरपालिका वातावरण व्यवस्था विभागका प्रमुख हरि श्रेष्ठले जानकारी दिए।

उनीहरु सबैको इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको सहकार्यमा काठमाडौं महानगरपालिकाले परीक्षण गराएको हो। परीक्षणमा पोजेटिभ नतिजा आएका सबैलाई टेकुस्थित वातावरण व्यवस्थापन बिभागको भवनमा क्वारेन्टाइनमा राखिएको थियो।

प्रकाशित मिति: : 2020-05-17 05:56:14

प्रतिकृया दिनुहोस्