लिपुलेकमा भारतले सडक बनाएको विरोधमा नेविसंघको राँके जुलुस

भारतले लिपुलेक क्षेत्रमा नेपाली भूमिमा सडक बनाएको विरोधमा नेपाल विद्यार्थी संघले शुक्रबार साँझ दैलेखमा राँके जुलुस निकालेको छ।

जिल्ला प्रहरी कार्यालय अगाडि नेविसंघको एक समूहले राँके जुलुस प्रदर्शन गरेको हो। प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नेविसंघका नेता लोकेशप्रसाद आचार्य, सुशील देउजा, मौसम थापा, मनोज भण्डारी ,आस्विन श्रेष्ठ, सन्दीप क्षेत्री , प्रभान शाही, आशिष श्रेष्ठ, राजेश शाही, सुजन शाही, गणेश बिष्ट, अस्मित थापा, अर्जुन क्षेत्रीलगायतका नेता कार्यकर्ता रहेका थिए। 

उनीहरुलाई करिव १ घण्टापछि रिहाइ गरिएको छ। 

प्रकाशित मिति: : 2020-05-15 22:54:27

प्रतिकृया दिनुहोस्