नेपालका थप ९ जनामा कोरोना संक्रमणको पुष्टि, २६७ पुगे संक्रमित

बिएल संवाददाता

काठमाडाै‌ं

नेपालमा काेराेना संक्रमितकाे संख्या २६७ पुगेकाे छ। पछिलो पटक काठमाडौं सतुंगलका ७ वर्षीय बालकको रिपोर्ट पोजेटिभ आएको छ।

यस्तै वीरगञ्जको ९ र १० वर्षीय बालक तथा २३ र ४७ वर्षीया महिलामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

यसैगरी दाङको गढवा ४ र ५ तथा तुलसीपुर ७ का २३, ३४ र ३६ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ। दाङमा पहिलो पटक संक्रमित भेटिएका हुन्।

यस्तै उदयपुर त्रियुगा नागरपालिकाका २५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ।

आज बिहान मात्रै  बाँके र पर्सामा गरि नौ जना कोरोना सक्रमित थपिएका थिए। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा थप ९ जनालाई कोरोनाको संक्रमण पुष्टि भएको थियो।

उनीहरु मध्ये एक जना पर्साका ३७ वर्षीय पुरुष छन् भने बाँकी बाँके नैरापुरको वडा नम्बर १, ३ र ५ का ८ जना पुरुष रहेको हुन्।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र भेरी अस्पताल नेपालगञ्जमा परीक्षण क्रममा बिहीबार नयाँ नौ जनामा संक्रमण देखिएको बताए। 

संक्रमण देखिएका व्यक्ति बाँके नरैनापुर गाउँपालिका वडा नं १, ३ र ५ का १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षीय पुरुष छन्। मन्त्रालयका सहप्रवक्ता डा अधिकारीका अनुसार सक्रमितको अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन्।

प्रकाशित मिति: : 2020-05-15 20:34:27

प्रतिकृया दिनुहोस्