वीरगञ्ज–काठमाडाैं, रसुवागढी-काठमाडौं रेलमार्गको निर्माण थालिने, कोसी, कर्णाली र गण्डकी नदीलाई भारतीय जलमार्गसँग जोडिने

बिएल संवाददाता

काठमाडाै‌ं

सरकारले आगामी आर्थिक वर्षमा वीरगञ्ज–काठमाडौं र रसुवागढी–काठमाडौं रेलमार्ग निर्माणको प्रारम्भिक काम सुरु गर्ने घोषणा गरेको छ।

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले 
प्रारम्भिक अध्ययन प्रतिवेदन प्राप्त भइसकेकोले अब निर्माणको प्रारम्भिक काम सुरु गर्ने बताएकी हुन्।

नीति तथा कार्यक्रममा पूर्वापश्चिम रेलमार्गको काँकडभिट्टा–ईनरुवा–खण्डको निर्माणको पनि काम प्रारम्भ गर्ने उल्लेख छ।

यस्तै सरकारले कोशी, कर्णाली र गण्डकी नदीमा जलयातायातको विकास गरी त्यसलाई भारतीय जलमार्गसँग जोडिने भएको छ।

गण्डकी नदीको उपयुक्त स्थानमा टर्मीनल बनाएर भारतीय जल यातायात सञ्जालसँग जोड्ने र तीन वर्षभित्र जल यातायात सञ्चालनको सरकारले घोषणा गरेको छ।

प्रकाशित मिति: : 2020-05-15 18:31:58

प्रतिकृया दिनुहोस्