राष्ट्रपतिको सम्बोधनका लागि संसद भवन चिरिच्याट्ट

सरकारले भोलि शुक्रबार आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले  शुक्रबार दिउँसो नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम छ।

नीति तथा कार्यक्रम सार्वजनिक गर्नुअघि राष्ट्रपतिको स्वागतमा संघीय संसद भवनलाई चिरिच्याट्ट पारिएको छ। चारैतिर नेपालको झण्डाले सजाइएको छ। 

राष्ट्रपतिकाे सम्बाेधनकाे तयारीस्वरुप  बिहीबार स‌ंघीय संसद् भवनमा राष्टपतिकाे स्वागतदेखि बिदाइसम्म कसरी गर्ने भन्नेबारे 'रिहर्सल' गरियाे । रिहर्सलमा प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभा अध्यक्ष, कानूनमन्त्री, संसद्का महासचिवसहित कर्मचारीहरु सहभागी  थिए ।

नीति तथा कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, उच्चपदस्थ सरकारी अधिकारी, कूटनीतिक नियोग, मन्त्रीहरू, नेतालगायतको उपस्थिति रहनेछ।

हेर्नुहोस् तस्बिरहरू:

तस्बिरहरूः शालिग्राम तिवारी/ संघीय स‌ंसद् सचिवालय

प्रकाशित मिति: : 2020-05-14 21:16:40

प्रतिकृया दिनुहोस्