विनापरीक्षण नेपालीलाई सीमामा अलपत्र छोड्ने भारतीय शैली डब्लुएचओको मापदण्ड विपरीत: मुख्यमन्त्री पोखरेल

बिएल संवाददाता

काठमाडाै‌ं

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले विनापरीक्षण नेपालीलाई सीमामा अलपत्र छोड्ने भारतीय शैली डब्लुएचओको मापदण्ड विपरीत भएको बताएका छन्। 

बिहीबार बिहान फेसबुक पेजमा मुख्यमन्त्री पोखरेलले लेखेका छन्, ‘विनापरीक्षण नेपालीलाई सीमामा अलपत्र छोड्ने भारतीय शैली डब्लुएचओको मापदण्ड विपरीत छ। संक्रमितलाई असुरक्षित यात्रा गराउन मिल्दैन।’

हाल भारतले धेरै नेपालीहरुलाई सीमा क्षेत्रमा ल्याएर छाडेकाे छ। सीमा क्षेत्रमा छाडिएका कतिपय श्रमिकहरु रातिको समयमा नेपालमा भित्रिएका छन्। भारतमा लुकिछिपी नेपाल आएका धेरैजसो व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको छ। 

कोरोना संक्रमणको जोखिमका कारण अन्तर्राष्ट्रिय सिमाना बन्द गरिएकाले अहिले धेरै श्रमिकहरु नेपाल–भारत सीमा क्षेत्रमा अलपत्र परेका छन्। तर नेपाल सरकारले भने भारतीय नागरिकहरुलाई नेपालमै सुरक्षित रुपमा राखेर कोरोना परीक्षण र उपचार गराउँदै आएको छ।
 

प्रकाशित मिति: : 2020-05-14 08:53:39

प्रतिकृया दिनुहोस्