भारतमा रेल सेवा सञ्चालनमा आएपछि घर फर्किनेकाे संख्या ह्वातै बढेकाे छ। सबैभन्दा धेरै उत्तर प्रदेशमा तीन लाखभन्दा बढी नागरिक आएका छन्।
देशका विभिन्न ठाउँबाट २६८ ओटा विषेश रेल सेवामार्फत् उनीहरु उत्तर प्रदेश आएका हुन्।
कुल तीन लाख २६ हजार ४० जना मानिस आएकोले उनीहरुलाई होम क्वारेन्टाइनमा पठाउनु अघि स्वस्थ्य परिक्षण गरिएको र खाद्य पदार्थको प्याकेट पनि दिने गरिएको अतिरिक्त मुख्यसचिव आश्विन अवस्थीले बताए।
उनीहरु मध्ये सबैभन्दा धेरै गोरखपुर आएका छन्। गोरखपुरका ४३ ओटा रेलमा ४४ हजार ५७४ जना आएका छन्।
उत्तर प्रदेशको लखनउ, जौनपुर, प्रयागराज, बरेलि, प्रतापगढ, गोन्डा, आग्रा, बालिया, रायबरेली, वाराणाशी, कानपुर लगायतका ठाउँमा जाने मानिस पनि विभिन्न ठाउँबाट फर्किएका छन्।