कैलालीमा लकडाउन थप कडा गरियाे

 कैलालीमा लकडाउन  थप कडा गरिएको छ।

केहि दिन यता सरकारले सर्तसहित केहि लकडाउन खुकुलो पारेको थियो तर संक्रमण दर बढेको भन्दै बुधबारबाट लकडाउन लाई थप कडाइ गरिएको हो।  जिल्ला संकट ब्यस्थापन केन्द्र कैलालीले अत्यावश्यक सेवा वाहेकका सबै बन्द गर्न आह्रवान गरेको छ। 

अहिले जिल्लाका धेरै स्थान हरुमा सवारी साधन लाई होल्ड गर्ने काम गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतलेलाई जानकारी दिए। 

‘बजारमा जथाभावी नहिन्न  घरमै बसी लकडाउनको  पालना गर्न अनुरोध गरेका छौ। विहानैबाटै सबै नागरिकलाई जानकारी गराउन माईकिङ्गको पनि ब्यवस्था गरेका छौं,’उनले भने। 

लकडाउन अवधिसम्म प्रक्रिया पुगाएर उधोग ब्यवसाय संचालन गर्न पाइने भनिएको थियो। जसमा औषधि, स्वास्थ्य सामग्री, अत्यावश्यक वस्तुको उत्पादन, विक्री वितरण, खाद्यवस्तु लगायतका कृषि तथा पशुपन्छीजन्य उत्पादन तथा विक्री वितरण गर्न पाइने ,खाद्यवस्तुलगायतका कृषि तथा पशुपन्छीजन्य उत्पादन तथा विक्री वितरण, औद्योगिक वस्तुको उत्पादन तथा विक्री वितरण, विकास आयोजनाहरूको सञ्चालनको लागि आवश्यक पर्ने ढुङ्गा गिट्टी, बालुवालगायतका निर्माण सामग्रीको ढुवानी र न्यूनतम बैंकिङ तथा वित्तीय सेवालाई सुचारु गर्न सकिने निर्णय भएको थियो।  

प्रकाशित मिति: : 2020-05-13 20:06:57

प्रतिकृया दिनुहोस्